सम्हालिदेऊ मेरो नेपाल


खै, कसरी फुट्यो ताल, मेरो देश डुब्यो,
कसलाई गरूँ यो सवाल, मेरो देश डुब्यो।
दुर्घटना भनूँ कि प्राकृतिक प्रकोप हो,
कि कसैले बुन्यो जाल, मेरो देश डुब्यो।
बस्ती नै हरायो, कयौँ बेपत्ता छन्,
के होला?
बेखबर, बेसमाचार, बेहाल, मेरो देश डुब्यो।
भूकम्पपछि रमाउन सिक्दै थिए नेपाली,
अब नआओस् यस्तो साल, मेरो देश डुब्यो।
सरकार–प्रतिपक्षको काम गर्ने दिन हो,
सम्हालिदेऊ मेरो नेपाल, मेरो देश डुब्यो।



