जनताको आवाज

- * राम गैरे पाल्पाली
बेरोजगारले रोजगार पाउनु पर्छ,
जनता मालिक हुन्, अधिकार दिलाउनु पर्छ।
छलकपटका होइन, यथार्थका कुरा गरौँ,
मातिएका नेता भए, प्रतिबन्ध लगाउनु पर्छ।
धेरै भयो विचार-विमर्श यही देशभित्र,
विदेशी हस्तक्षेप अब हटाउनु पर्छ।
गल्तीमाथि गल्ती गर्दा पराजय निश्चित छ,
हाम्रो देशमा जनताकै गीत गाउनु पर्छ।
उत्पादनका मूल आधार यही युवा शक्ति हुन्,
आत्मनिर्भरताको अभियान चलाउनु पर्छ।



