कस्तो जमाना आयो !


सोसल मिडियाले काम गर, पहिचान बनाऊ भन्छ,
फेसबुक चलाउनेलाई पनि धनवान् बनाऊ भन्छ।
आहा! कस्तो जमाना आयो, आजभोलि बसीबसी काम,
उत्पादन बढाउन हाइब्रिड धान लगाऊ भन्छ।
उतैबाट ल्याउन भन्छ बीउ, मल, उत्पादनका साधन,
अन्न बिक्री गर्न विदेशीसँग चिनजान बनाऊ भन्छ।
आत्मनिर्भर मुलुक बनाउने हाम्रो सपना पो थियो,
बेरोजगारलाई कर तिराउन दोकान बनाऊ भन्छ।
‘जान्नेलाई छान्ने’ भनी नयाँ विचार आयो देशमा,
युवा शक्ति विदेश पठाई घरेलु तान बनाऊ भन्छ।



