आमा

 

– निश्चल पाण्डे

आमा, तिम्रो काखभित्र
मेरो सानो संसार छ।
तिम्रो न्यानो मुस्कानमा
जीवनभरको प्यार छ।

आफू भोकै बसेर पनि
मलाई पेटभरि खुवायौ।
आफ्ना सपना लुकाईकन
मेरा सपना सजायौ।

लड्दा मेरो हात समाती
उठ्न सधैँ सिकायौ।
माया, सम्मान के हो भनी
जीवनको बाटो देखायौ।

कहिले गाली, कहिले माया,
सबै मेरो भलो थियो।
तिम्रा सबै त्यागभित्र
उज्यालो मेरो भोलि थियो।

आमा, तिम्रो माया पाएँ,
जीवन मेरो धन्य भयो।
तिम्रै आशिष साथ रहोस्,
सपना मेरो सत्य भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *