मुलुकको पहिचान हुनुपर्छ

– राम गैरे पाल्पाली
भन्छन् देशमा कानुन समान हुनुपर्छ,
भन युवा, मुलुकको पहिचान हुनुपर्छ।
हेर, रोजगारी छैन, विदेशमै छ बास,
मुलुकभरि एकताको गान हुनुपर्छ।
किसान उठिसके आज गाउँ–बस्तीभरि,
स्वदेशी बिउ रोपी खेतमा धान हुनुपर्छ।
साम्राज्यवादको लोभ खाने जाति छन्,
राष्ट्रियतामा आधारित खानपान हुनुपर्छ।
राष्ट्रिय उत्पादनले मुलुक गतिशील हुन्छ,
सत्तामा किसान–मजदुरको स्थान हुनुपर्छ।



