देशJuly 20, 2026गजल नवीन बस्याल, प्यूठानहाल: जापान कसैको दैलोमा टेकेर चल्दैन देश,पटक–पटक चुकेर चल्दैन देश। भाषणलाई व्यवहारमा उतार अब,केवल गल्लीमा भुकेर चल्दैन देश। ती आँखा खोल, दुनियाँ कहाँ पुगिसक्यो,बालुवाटारमा लुकेर चल्दैन देश। गोर्खाली छाती हो, अझ बलियो बनाऊ,बैरीको अगाडि झुकेर चल्दैन देश। तराईका फाँटभरि सिँचाइ पुर्याऊ,बाँझा खेत–बारीले बन्दैन देश। Tags# गजल Previous Post मुखभरि भ्रमजालको खेती Next Post राहुल साङ्कृत्यायनको सालिकमाथि प्रहार : विचारमाथिको असहिष्णुताको खतरनाक सङ्केत Leave a ReplyCancel ReplyYour email address will not be published. Required fields are marked * Name * Email * Website Add Comment * Save my name, email and website in this browser for the next time I comment.Post Comment