दलालले सम्मान पाउँछ मेरो देशमा

*नवीन बस्याल, हाल जापान

दलालले सम्मान पाउँछ मेरो देशमा
विदेशीले धाक जमाउँछन् मेरो देशमा ।

देशका नदी–नाला, अस्मिता नै चढाएर,
नेताले कर्तव्य निभाउँछन् मेरो देशमा ।

भ्रष्टाचार, शोषण, दमनको घेराभित्र,
सत्यका सबै स्वर हराउँछन् मेरो देशमा ।

ठूला कम्पनीले कर तिर्नु पर्दैन यहाँ,
गरीबसँग कर उठाउँछन् मेरो देशमा ।

सीमाना मिचिँदा मौन बसेर सरकार,
छिमेकीलाई नै सघाउँछन् मेरो देशमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *