विखण्डनकारी सङ्घीयता किन ?

-मनिराम खनाल

विखण्डनकारी सङ्घीयता
आएको रहेछ किन ?
सामाजिक सद्भाव खलबल्याई
हिंसा भड्काइदिन।

नेपाल टुक्रा टुक्रा प्रदेश
भएको रहेछ किन?
हिमाल, पहाड, तराईलाई
फाटो पारिदिन ।।

सङ्घीयतासँगै ऋणको भारी
बोक्यौ दलाल किन ?
नेपाल देश कमजोर पारी
भारत छिराइदिन ।

नागरिकता विधेयक भारतले
ल्याएको रहेछ किन ?
भारतीय नागरिकलाई
नेपाल छिराइदिन ।।

अमेरिकी एमसीसीलाई
पास गर्‍यौ किन ?
साम्राज्यवाद अमेरिकालाई
नेपाल छिराइदिन ।

स्वतन्त्र शब्दको नै अवमूल्यन गरी
पार्टी बन्यो किन ?
आगो लगाई सुन्दर नेपाल
ध्वस्त पारिदिन ।।

चेत भएन नेपालीको,
दास बन्यौ किन ?
‘मै खाऊँ, मै लाऊँ’ मात्र भयौ,
अवसरवादी हुन ।

आकार सानो, विचार ठुलो
रहेछ (मसाल) किन ?
हस्तक्षेप नहोस् विदेशीको
भन्ने जनचेतना दिन ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *