सङ्कल्प

  • – दीप गोले तामाङ
    रौतहट

म मान्छे हुँ, तर इस्पात हुँ,
आँधीजस्तै, हुरीजस्तै।

म अन्याय सहन सक्दिनँ,
म अत्याचार सहन सक्दिनँ,
म शोषण र दमन सहन सक्दिनँ।

यहाँ मान्छेले मान्छेलाई
शोषण गरिरहेको छ।
अन्यायको पर्खाल
सगरमाथाको शिखरभन्दा अग्लो छ,
बाँसको जराझैँ गजडिएको छ—
भत्काउनु छ।

मेरो एउटै सपना छ—
न म झुक्छु,
न म हार्छु,
न त म थाक्छु नै।

अन्तिम जीवनपर्यन्त
न्यायका आवाज गुन्जाइरहनेछन्,
विद्रोहका बिगुल फुकिरहनेछु,
क्रान्तिका गीत गाइरहनेछु।

कोही अन्याय सहेर नमरोस्,
कोही हेपिएर नबसोस्,
शोषणको अन्त्य होस्,
मान्छेले मान्छेलाई
मान्छेकै रूपमा सम्मान गरोस्।

त्यसैका लागि
मेरो सङ्कल्प छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *