उठ, उठ जनता हो

– निशा गौतम
उठ, उठ जनता हो, अब सबै उठ,
मुक्ति पाउन तिमीहरू, सङ्घर्षमा जुट।
दोषीलाई उन्मुक्ति छ, निर्दोषीलाई जेल,
किन खेल्छ सरकार, जनतासँग यस्तो खेल?
उठ, उठ जनता हो,
देश विकासमा जुट।
कति सीमा मिचिसक्यो हाम्रो देशको भारतले,
नदेखेझैँ गरी बस्छ अझै पनि सरकारले।
सुरक्षा सरकारबाट भएन, अब जनता आफैँ गर,
हाम्रो देश नेपालको स्वाभिमानलाई उच्च पार।
उठ, उठ जनता हो,
देश विकासमा जुट।
सरकार आए जति पनि, नियम–कानुन आएनन्,
गरिब, दुःखी र निमुखाले कहिल्यै न्याय पाएनन्।
हार नमान जनता हो, जित्छ हाम्रो सङ्घर्षले,
बदलिन्छ यो देश अब जनताकै प्रयासले।
उठ, उठ जनता हो,
देश विकासमा जुट।



