मेरो देश

✍️ शिशिर पराजुली, काठमाडौँ

मेरो देश नेपालको छानो,
हिमालको सेतो हिउँ,
पहाडमा फुल्ने लालीगुराँस,
तराईमा पहेँलो तोरी।

मेरो देश नेपाल,
सुन्दर, शान्त र विशाल।
बहुजाति, बहुधर्म, बहुभाषाको थलो,
हाँसी–हाँसी मिलेर बस्ने सबैको घर हो।

सप्तरङ्गी इन्द्रेणीझैँ
सजिएको मेरो देश,
हिमाल, पहाड र तराईले
बढाएको यसको विशेष।

सबैजना मिलेर नाचौँ,
मिलीजुली सधैँ बाँचौँ।
माया, सद्भाव र एकताले
सजाऔँ हाम्रो नेपाल।

Leave a Reply

Your email address will not be published. Required fields are marked *