सामाजिक सञ्जालमा सिर्जना डबली र प्रगतिशील लेखक सङ्घका स्रष्टाको प्रभाव

-समीर सिंह

वर्तमान सूचना तथा प्रविधिको युगमा प्रगतिशील लेखन तथा साहित्यलाई व्यापक पाठकसमक्ष पुर्‍याउन सामाजिक सञ्जाल महत्वपूर्ण माध्यम बन्दै गएको छ। विशेषगरी फेसबुकलाई साहित्यकार तथा स्रष्टाहरूले आफ्ना सिर्जना, विचार र साहित्यिक गतिविधि सार्वजनिक गर्ने प्रभावकारी माध्यमका रूपमा प्रयोग गर्दै आएका छन्। सामाजिक सञ्जालमा सिर्जनाको पहुँच विस्तार गर्न फलोवर्सको संख्या पनि महत्वपूर्ण आधार मानिन्छ।

यसै सन्दर्भमा सिर्जना डबलीका सदस्य तथा प्रगतिशील लेखक सङ्घका केन्द्रीय सदस्य र सल्लाहकारमध्ये फेसबुकमा बढी फलोवर्स भएका स्रष्टाहरूको विवरण अध्ययन गरिएको छ।

सिर्जना डबलीतर्फ सबैभन्दा बढी फलोवर्स भएका स्रष्टामा डबलीका केन्द्रीय सचिव मीन राना हुनुहुन्छ। उहाँको फेसबुकमा करिब ५९ हजार फलोवर्स रहेका छन्। त्यस्तै २० हजार फलोवर्ससहित नवीन बस्याल दोस्रो र १९ हजार सहित गुरुप्रसाद कुमाल ‘बुलबुल’ तेस्रो स्थानमा हुनुहुन्छ।

अन्य स्रष्टामध्ये जीवीका अश्रुको १४ हजार, ध्रुव बस्यालको १३ हजार, मोहनविक्रम सिंह, गिरीप्रसाद बुढा र सुवास जि.सी.को १०–१० हजार फलोवर्स रहेका छन्। त्यस्तै विशाल दर्लामीको ८ हजार ७ सय र हेमराज आश्रमको ८ हजार ५ सय फलोवर्स रहेका छन्।

त्यसैगरी प्रगतिशील लेखक सङ्घका केन्द्रीय सदस्य तथा सल्लाहकारमध्ये सबैभन्दा बढी फलोवर्स भएका स्रष्टामा सल्लाहकार माइला लामा पहिलो स्थानमा हुनुहुन्छ। उहाँको फेसबुकमा करिब ६६ हजार फलोवर्स रहेका छन्। दोस्रो स्थानमा सल्लाहकार रघुजी पन्तको १२ हजार र तेस्रो स्थानमा केन्द्रीय सदस्य आरोह सीको ११ हजार फलोवर्स रहेका छन्।

दश प्रमुख स्रष्टाको सूचीमा चौथो र पाँचौँ स्थानमा दश हजार फलोवर्स सहित  सचिवालय सदस्य शान्ति प्रियवन्दना र सल्लाहकार गिरीप्रसाद बुढा रहेका छन्। त्यस्तै ९ हजार ४ सय फलोवर्ससहित सल्लाहकार धनप्रसाद सुवेदी छैटौँ, ८ हजार ७ सय सहित केन्द्रीय सचिव कुशल बोगटी सातौँ, ८ हजार ६ सय सहित सल्लाहकार मातृका पोखरेल आठौँ र सोही संख्याका फलोवर्ससहित सल्लाहकार सत्या पहाडी नवौँ स्थानमा हुनुहुन्छ। सल्लाहकार रामरिझन यादव आठ हजार पाँच फलोवर्ससहित दशौँ स्थानमा हुनुहुन्छ।

सामाजिक सञ्जालको बढ्दो प्रभावसँगै प्रगतिशील साहित्य र विचारलाई नयाँ पुस्ता तथा व्यापक पाठक समुदायसम्म पुर्‍याउन स्रष्टाहरूको डिजिटल उपस्थितिले महत्वपूर्ण भूमिका खेल्न थालेको देखिन्छ। यसले सिर्जनाको उत्पादनसँगै त्यसको प्रचार, पहुँच र पाठकसँगको प्रत्यक्ष सम्बन्धलाई समेत नयाँ आयाम दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *