नेपाली हुँ म

– ममता रावत, बाँके

देशका नेता सुतेझैँ देख्छु, मूर्छित भएर,
विदेशी शक्ति फैलिएको देख्छु, विकृति छरेर।
देश यो हाम्रो, राम्रो बनाऔँ, उठ न गोर्खाली,
बन्दैन देश विदेशी शक्तिलाई उखेलेर नफाली।।

छर्क पानी, उठाऊ युवा, सिमाना मिचियो,
विदेशी ऋण बढ्दै जाँदा शिर हाम्रो थिचियो।
नेपाल आमा रोएको देख्छु, बिलौना गरेर,
विदेशी शक्ति फैलिएको देख्छु, विकृति छरेर।।

गौतम बुद्ध जन्मिए यहाँ, शान्तिका प्रतीक,
अब उठाऔँ क्रान्तिको आवाज, बनाऔँ नयाँ संगीत।
सगरमाथा उच्च छ हाम्रो, विश्वकै शिर हो,
उठ न युवा, बचाऔँ देश, नेपाली वीर हो।।

ढुङ्गा–मुढाले पुर्खाले हाम्रो देश बचाए,
आजका केही स्वार्थी नेताले देश बिगारे।
गाउँ र बस्ती, सहर सबै मिलेर उठौँ,
बनाऔँ देश विश्वकै राम्रो, श्रममा जुटौँ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *